संविधानसभामा अनिर्वाय उपस्थिति ह्वीप


काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसले संविधानसभा बैठकमा अनिर्वाय उपस्थित हुन आफ्ना सबै सभासदलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस मुख्य सचेतक लक्ष्मण घिमिरेले आज सूचना जारी गरेर बिहीबारदेखि सुरु हुने संविधानसभा बैठकमा अनिर्वाय उपस्थित हुने निर्देश गरेका हुन् ।

वैशाख–२७ गते बसेको संवैधानिक समिति बैठकले संविधान निर्माणका सन्दर्भमा सहमतिमा पुग्न नसकिएका विषयहरुलाई प्रकृयागत रुपमा गई निर्णय लिन संविधानसभालाई अनुरोध गर्ने निर्णय गरेको भन्दै कांग्रेसले बिहीबारदेखिका बैठकहरु महत्वपूर्ण हुने जनाएको छ ।

वैशाख–२८ गते बिहीबार तीन बजे बस्ने संविधानसभा बैठकमा अनिवार्य उपस्थित भई छलफलहरुमा भाग लिन आफ्ना सभासदलाई ह्वीप जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया