काठ चोरीनिकासीका लागि बाटो निर्माण

दाङ, २७ वैशाख । रामपुर–९ स्थित दुई गाउूका काठ ढुवानीका लागि काठ ठेकेदारले मजदुर लगाएर जंगलमा बाटो खनेका छन् । काठ ढुवानीका लागि जंगलमा बाटो खन्ने कामको स्थानीयले विरोध पनि गरेका छन् ।
रामपुर—९ स्थित तल्लोमाले र पिप्ले वन क्षेत्रका काठ चोरीनिकासीकै लागि एक किलोमिटर सडक खन्ने काम भएको स्थानीयले बताए ।
‘त्यस क्षेत्रमा कुनै मानवबस्ती छैन,’ मालझाूक्री सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष रुद्र पौडेलले भने, ‘वनबाट सजिलै काठ निकाल्न ठेकेदारले मजदुर लगाएर ट्रयाक्टर जाने सडक खन्न लगाइएको छ । उनले वन मास्न ठेकेदारले बाटो खन्न थालेको आरोप लगाए ।
पहिलेदेखि त्यस क्षेत्रमा सामुदायिक वनका काठको ठेक्कापट्टा गर्दै आएका ठेकेदार दिलबहादुर गिरीको सक्रियतामा जंगलको बीचबाट बाटो खन्ने काम भइरहेको स्थानीय अर्जुन विकले बताए । स्थानीय उपभोक्तालाई सहज बनाउन बाटो खनिएको देखाइए पनि जंगलका काठ ढुवानीकै लागि बाटो खनिएको आरोपमा ठेकेदार गिरीले प्रतिक्रिया दिन मानेनन् ।
वन ऐन– २०४९ मा वन क्षेत्रमा सडक खन्न नपाइने र खन्नै पर्ने भए जिल्ला वन कार्यालयसूग अनुमति लिनुपर्ने उल्लेख छ । सामुदायिक वनमा दिन प्रतिदिन काठ तस्करको हालिमुहाली बढ्दै गएको सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले बताए । उनले वन कार्यालय र स्थानीयस्तरमा उपभोक्ताको मागबिना बाटो निर्माण गरिनु भ्रष्टाचार भएको प्रतिक्रिया पनि दिए । ‘तस्करी गर्ने मनसायले बीच जंगलमा बाटो खन्ने ठेकेदारलाई कारबाही हुनुपर्छ,’ सापकोटाले भने, ‘यो काम रोकिएन भने वन कार्यालयको पनि मिलेमतो देखिनेछ ।’
जिल्ला वन कार्यालयले काठ चोरीनिकासीका लागि बाटो खनिएको विषयमा जानकारी नआएको जनाएको छ । डिएफओ अरुण शर्मा पौडेलले भने, ‘कार्यालयमा स्थानीयलाई हिूडडुलका लागि बाटो खनिएको जानकारी आएको छ ।’ उनले बाटोको अनुगमन गरिने र दोषी पाइए ठेकेदार गिरीलाई कारबाही गरिने बताए ।

प्रतिक्रिया