दलहरुले विवादित विषयमा निर्णयगर्न सकेनन्

काठमाडौं, २६ वैशाख । राज्य पुनर्संरचना र शासकीय स्वरुपका विषयमा प्रमुख दलहरुले आजपनि ठोस निर्णय गर्न नसके पछि बैठक स्थगित गरेका छन् ।
नयाँ बानेश्वरस्थित विशेष समितिको कार्यालयमा आज बेलुका बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुले सदाझै आआफ्नै अडानमा राखेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । बैठकमा शासकीय स्वरुप र राज्य पुनर्संरचनाका विषयमा छलफल भएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।
उनले बुधबार पुनः बस्ने बैठकबाट एक मुष्ठ निकास निकाल्ने बताए । उनले त्यसका लागि आन्तरिक गृहकार्य गर्ने बताए ।
विशेष गरेर बैठकमा संघीय राज्य र संख्या लगायतमा दलहरुका वीच सहमति हुन नसकेको नेताहरुको भनाई छ ।
एमाले बैठक
यसैवीच, एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीचको बैठक चलिरहेका समयमा एमालेका प्रमुख नेताहरुको बैठक बसेको थियो । बैठकमा शासकीय स्वरुप र राज्य पुनर्संरचनामा दलहरुका वीच भएका छलफलमा परामर्श भएको एमाले नेताहरुको भनाई छ ।

प्रतिक्रिया