कानून नमान्ने संस्कृति बढेको छ

काठमाडौं, २६ वैशाख । सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठले कानून नमान्ने संस्कृति मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
उनले कानून नमान्ने संस्कृतिले कानूनी राज्यको आदर्शलाई समस्यामा पार्ने बताए । कानून दिवसको उपलक्ष्यमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले विधिको शासन र कानूनी राज्यका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।
न्यायाधीश श्रेष्ठले अदालतको फैसला कार्यान्वयन गर्ने जिम्मा सरकारको भएको चर्चा गर्दै फैसला कार्यान्वयनमा सरकार उदासीन रहेको बताए ।

प्रतिक्रिया