साना दल प्रतिपक्षमा रहने

काठमाडौं : साना २५ दल प्रतिपक्षीको भूमिकामा रहने भएका छन् । साना दलहरुले आइतबार सिंहदरबारमा बैठक गरी सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेका हुन् । सरकार गठन प्रक्रियामा आफूहरूलाई जानकारीसमेत नगराएको भन्दै प्रमुख तीन दल र मधेसी मोर्चाप्रति उनीहरु असन्तुष्ट छन् ।
बैठकपछि परिवार दलका सभासद् एकनाथ ढकालले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार सहमतीय सरकार बन्न नसक्ने भएकाले सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरिएको जानकारी गराए । ‘सरकार गठन प्रक्रियामा तीन दल र मधेसी मोर्चामा रहेका पार्टी मात्र सहभागी भएका छन् । हामीलाई कुनै पनि जानकारी गराइएको छैन,’ सभासद् ढकालले भने, ‘त्यसैले यो सरकार कसरी सहमतीय सरकार हुन सक्छ र †’ उनका अनुसार साना दलले सोमबार सिंहदरबारमा बृहत् भेला गर्ने भएका छन् । (सौस)

प्रतिक्रिया