जुनसुकै शाखाबाट विद्युत् महसुल तिर्न सकिने

काठमाडौं, २४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले जेठदेखि अºना ग्राहकका लागि विशेष सुविधा सुरु गर्न लागेको छ । तोकिएकै वितरण केन्द्रमा महसुल तिर्न जानुपर्ने, ग्राहकले झन्झट बेहोर्नुपर्ने अवस्था रहेकामा अब प्राधिकरणले एनी ब्रान्च पेमेन्ट सिस्टम (एबिपिएस) प्रविधि लागू गरी विद्युत् ग्राहकलाई विशेष सुविधा दिन लागेको हो । पहिलो चरणमा नमूनाका रूपमा उक्त प्रविधि बानेश्वर, रत्नपार्क, पुल्चोक र लगनखेल वितरण केन्द्रमा लागू गरिने आयोजनाका प्रबन्धक अनिलमान श्रेष्ठले जानकारी दिए । ‘नमुना रूपमा आगामी जेठदेखि उक्त प्रविधिमार्फत ग्राहकलाई विशेष सुविधा दिन लागेका छौँ, यसको तयारी अन्तिम चरणमा पुगेको छ,’ श्रेष्ठले थपे, ‘कार्यक्रम सुरु भएपछि ग्राहकले जुनसुकै शाखाबाट पनि आºनो विद्युत्को महसुल तिर्न सक्नेछन् ।’ यो कम्प्युटराइज प्रविधिमार्फत सुविधा दिन सुरु भएपछि ग्राहकलाई बढी सुविधा हुने, ग्राहकबाट बढी महसुल संकलन हुने र व्यवस्थापनलाई पनि दैनिक कति संकलन भयो, कति ग्राहक बढे लगायतबारे तुरुन्तै थाहा भई पारदर्शी हुने अपेक्षा प्राधिकरणको छ । अहिले विद्युत् महसुल तिर्नका लागि सम्बन्धित केन्द्रमै पुग्नुपर्ने, लामो लाइन र धेरै समय लगाउनुपर्ने बाध्यता ग्राहकको छ ।
अहिले प्राधिकरणले रत्नपार्कदेखि नक्साल संकलन केन्द्रसम्म उक्त प्रविधिमार्फत ग्राहकका लागि नमूना सेवा सुरु गरिसकेको छ । नमुनाका रूपमा सञ्चालन भएको उक्त सेवा सफल भएपछि जेठदेखि नै उक्त प्रविधि सञ्चालनमा ल्याउने तयारी प्राधिकरणको छ । काठमाडौंभित्रका चार वितरण केन्द्रका ग्राहकले प्रविधि लागू भएपछि जुनसुकै शाखा र संकलन केन्द्रबाट पनि आºनो विद्युत् महसुल तिर्ने सक्नेछन् ।
उसका अनुसार सेवा प्रदानका लागि अप्टिकल फाइबर बिछ्याउने काम सकिएको छ भने त्यहाँ रहेका कर्मचारीलाई तालिमका साथै कम्प्युटराइज प्रविधिका बिलिङलगायत केही कामहरू सिकाउन बाँकी छ । प्राधिकरण सूचना तथा प्रविधि शाखाका निर्देशक लक्ष्मण डंगोलले अप्टिकल फाइबर विछ्याउने काम सकिएको बताए । ‘नमुनाका रूपमा ग्राहकलाई सुविधा दिन प्राधिकरणले पहिलोपटक सूचना प्रविधिको उपयोग गर्न लागेको छ, अप्टिकल फाइबरमार्फत नेटवर्क जोडिएको छ,’ उनले थपे ।
मुलुकभर रहेका एक सय ४० भन्दा बढी प्राधिकरण शाखा र संकलन केन्द्रमध्ये ६४ वटामा मात्र कम्प्युटरमार्फत विलिङ प्रविधि लागू गरिएको छ । अन्य शाखाहरूमा पनि क्रमश: कम्प्युटर प्रविधिमार्फत विलिङ गर्ने सेवा पुर्‍याउने तथा चार वितरण केन्द्रमा एबिपिएस सफल भएमा अन्य केन्द्रमा समेत विस्तार गर्ने योजना प्राधिकरणको छ । डिबेट, ओराकललगायतका सºटवेयरमार्फत सेवा दिँदै आएको प्राधिकरणले अब एबिपिएस सºटवेयर विकास गरी यही प्रविधिमार्फत सेवा दिनका लागि अघि बढेको श्रेष्ठले बताए । उनका अनुसार सेवा विस्तारपछि सबै केन्द्रमा यही सºटवेयर उपयोगमा ल्याई एकरूपता दिइने छ ।
अहिले प्राधिकरणले प्राइम बंैक र त्यसका शाखामार्फत आºनो विद्युत् महसुल तिर्न सक्ने व्यवस्था गरेको छ । अन्य बैंकमार्फत महसुल तिर्न सक्ने गरी सेवा दिने लक्ष्य प्राधिकरणले राखेको छ ।

प्रतिक्रिया