साना दल असन्तुष्ट

काठमाडौं : साना दलहरूले प्रमुख तीन दल र मधेसी मोर्चाले सहमति प्रक्रियामा आफूहरूलाई सहभागी नगराएको भन्दै असन्तुष्टि जनाएका छन् । नयाँ संविधान निर्माण र सहमतिको सरकार गठनका लागि भएको छलफलमा समेत सहभागी नगराएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । सिंहदरबारमा शनिबार बसेको साना दलको बैठकले आफूहरूलाई सहभागी नगराई सरकार गठन गरे त्यो राष्ट्रिय सहमतिको सरकार हुन नसक्ने ठहर गरेको छ । आइतबार बृहत् भेला गरी तीन दल र मधेसी मोर्चाको ‘रबैया’को विरोध गर्ने जनाएका छन् ।
‘संविधान निर्माण, सरकार गठनलगायतका प्रक्रियामा हामीलाई जानकारी नदिई तीन ठूला दल र मोर्चाले निर्णय गरिरहेका छन् । यो उनीहरूको स्वेच्छाचारी व्यवहार हो,’ बैठकपछि परिवार दलका सभासद् एकनाथ ढकालले भने । (सौस)

प्रतिक्रिया