एमाओवादी दुःखित

काठमाडौं, २३ वैशाख । एमाओवादीले पनि अन्नपूर्ण हिमश्रृङ्खलाबाट भएको जनधनको नोक्सानीप्रति दुःख जनाएको छ ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आज विज्ञप्ती जारी गरेर हिमपहिरोले सेती नदीमा बाढी आउ“दा कास्कीको माछापुच्छ्रे र सार्दी खोला लगायतका गा.वि.स.मा भएको क्षतीबाट दुःखित तल्याएको जनाएका छन् ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै एमाओवादीले पीडित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
त्यसैगरी, एमाओवादीले तत्काललाई उद्धार कार्यलाई प्रभावकारी बनाई घाइतेको निःशुल्क उपचारको व्यवस्था, पीडितलाई अस्थायी बसोबासको व्यवस्था, बेपत्ताको खोजी कार्यलाई तीब्र बनाउनका साथै उक्त प्रकृतिक प्रकोपबाट पीडितलाईछिट्टै पुनःस्थापना, राहत एवम् क्षतिपूर्तिका लागि ठोस प्याकेज कार्यक्रम घोषणा गर्न पनि सरकारलाई आह्वान गरेको छ ।

प्रतिक्रिया