शीर्ष बैठक निष्कर्ष विहिन

काठमाडौं, २३ वैशाख । सत्ता भागबण्डामा कुरा मिलाएका एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच नयाँ संविधानका बिवादित विषयमा आजपनि कुरा नमिले पछि बैठक निष्कर्ष विहिन भएको छ ।
काठमाडौंमा आज बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल भएपनि कुनै सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।
सहमतीय सरकार बनाउने सहमति गरेका प्रमुख दलहरुले तीन भित्र विवादित विषयमा सहमति जुटाउने निर्णय गरेका थिए । तीन दिनमा पनि सहमति हुन नसके संविधानसभा मार्फत प्रक्रियामा गएर मतदानबाट विवादित विषय टुङगाउने यस अघि नै सहमति भईसकेको छ ।
दलहरुका वीच आइतबारसम्म सहमति हुन नसके सोही दिन बस्ने संविधानसभा बैठकमा मतदानका लागि विवादित विषय पेश गर्ने नेताहरुको भनाई छ ।
विशेष गरेर दलहरुका वीच राज्य पुनर्संरचनामा धेरै विवाद देखिएको छ । शासकीय स्वरुपमा पनि छलफल गरेपनि दलहरु सो विषयमा भने सहमति हुन सक्ने बताउ छन् ।

प्रतिक्रिया