पुष्पकमल मेरा मीतज्यू

काठमाडौं, २३ वैशाख । १० वर्ष ध्वंसात्मक जनयुद्ध लडेको शक्तिशाली पार्टीका सुप्रिमो पुष्पकमल दाहाल । विकासप्रेमीका रुपमा चिनिन चाहने आफ्नै शैलीका नेता केशव स्थापित । दुवैलाई नचिन्नेहरू कमै छन् देशमा । तर, कमैलाई थाहा होला, दाहाल र स्थापित मीत हुन् ।
माओवादी शान्तिप्रक्रियामा आएपछि यी दुई फरक छविका नेताबीच मितेरी सम्बन्ध गाँसिएको हो । दाहालको प्रस्तावमा आफूहरूले मीत लगाएको स्थापित बताउँछन् । उनीहरूले मीत लगाउँदाका साक्षी थिए, हालका प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराई, महासचिव रामबहादुर थापालगायत ।
२०६३ साल असारमा दाहाल पहिलोपटक बालुवाटारमा सार्वजनिक भएका थिए । त्यसको केही समयपछि एमाओवादीका युवा नेता कृष्ण केसीले स्थापितसित दाहालको भेट गराएका थिए । सोह्रखुट्टेको होटल गार्डेनमा भएको सो भेटअघि स्थापितले प्रचण्डलाई कहिल्यै देखेका थिएनन् ।
‘पहिलोपटक भेट्न जाँदा  प्रचण्ड भन्ने कस्ता होलान् भन्ने ठूलो खुल्दुली थियो,’ स्थापितले सौर्यसित भने, ‘उनले मलाई अंकमाल नै गरेर मेरो कामबाट प्रभावित भएको सुनाएपछि फुरुंग भएँ ।’
उनीहरूबीच देशको विकास योजनामा केन्द्रित भएर करिब दुई घन्टा कुराकानी भएको थियो । दाहालले देश विकासका विभिन्न मोडेलबारे स्थापितलाई लगातार प्रश्न वर्षाए, स्थापितले खरर जवाफ दिए ।
‘जनताका लागि क्रान्ति गरियो, खुकुरीको धारमा पैताला राखेर देशका लागि केही गर्ने संकल्पका साथ यहाँसम्म आइयो,’ पहिलो भेटमा प्रचण्डले भनेको स्थापित सम्झिन्छन्, ‘अब कसरी देशको विकास गर्न सकिन्छ भनेर तपार्इंका कुरा सुन्न आएको हुँ ।’
स्थापितले प्रस्तुत गरेको काठमाडौं विकासको मोडलबाट प्रभावित भएपछि दाहालले ‘तपाईं र म मिलेर केही गर्नुपर्छ’ भनेर छुट्टिएका थिए । छुट्टिएको केही दिनपछि नै बाबुराम, बादल र आफ्ना केही सहयोगीका साथ दाहाल स्थापितको बागबजारस्थित घरमै पुगे । स्थापितले पनि दाहाललाई स्वागत–सत्कार गरे ।
सो भेटमा पनि काठमाडौं र समग्र देशको विकासका सम्बन्धमा नै गहिरो छलफल भयो । दाहालले जनयुद्ध थाल्नाको कारण र स्थगन गर्नाको कारणबारे लामै गफ दिए । साथै स्थापितका विकास योजनाबाट आफू प्रभावित भएको सुनाए । अन्तिममा उनले स्थापितलाई प्रस्ताव राखे, ‘तपाईं र मबीच फ्युजन आवश्यक छ, हामी मीत लगाऔँ ।’
सुरुमा त अलि अक्मकिए स्थापित । ‘अध्यक्षज्यू, तपाईंले मेरो विषयमा केही बुझ्नु भएको छैन, त्यसैले यो हतार नगराँ भनेर भनेर टार्न खोजेँ, तर उहाँले मान्नु भएन’, स्थापितले भने । ‘मैले सबै कुरा बुझिसकेको छु’ भनेर स्थापितको हात समाएर आफूहरू मीत बनेको घोषणा गरिदिए ।
दाहाल र स्थापितबीच यसरी मितेरी साइनो गाँसिँदा बाबुराम भट्टराई, रामबहादुर थापा, स्थापितकी श्रीमती तथा दाहालको सुरक्षामा खटिएका माओवादी सेना वरिपरि झुम्मिएका थिए । सबैले थपडी बजाएर घोषणालाई अनुमोदन गरे । त्यसपछि दुवैले एक–अर्कालाई मिठाइ खुवाए । खानपिनपछि दाहाल र उनका सहकर्मी बिदा भए  ।
ठ्याक्कै कुन मितिमा मीत लगाइयो भन्ने स्थापितलाई अहिले हेक्का छैन । ‘तर, ०६५ को विस्तृत शान्ति सम्झौता अघि हो,’ उनले भने ।
मीत लगाएको केही हप्तापछि दाहाल फेरि पत्नी सीताका साथ बागबजारस्थित स्थापितको घरमा आए । स्थापितको काठमाडौं विकाससम्बन्धी गफ सुन्न सीता पनि उत्सुक भएकाले ल्याएको दाहालले बताएका थिए । स्रोतका अनुसार दाहालपत्नी र स्थापित पत्नीबीच पनि मीत लगाउने प्रस्ताव दाहालले राखेका थिए । तर, स्थापितपत्नीले नमानेपछि दाहालको इच्छा पूरा हुन सकेन ।
विस्तृत शान्ति सम्झौतापछि काभ्रेको कामीडाँडामा माओवादीको बैठक बस्यो । त्यो बैठकमा केही माओवादी नेतासँग दाहालले स्थापितसंग मीत लगाएको खुलासा गरे । त्यसपछि आफूविरुद्ध माओवादीकै केहीले षड्यन्त्र थालेको स्थापित बताउँछन् । ‘षड्यन्त्र हुन थालेपछि मैले दाहाललाई भेटेर तपाईं र मबीच राम्रो सम्बन्ध छ, यसलाई यत्तिमै सीमित राखाँ भनेर फर्किएँ ।’
त्यसयता आजसम्म दाहालसँग स्थापितको भेट भएको छैन रे । ‘न म भेट्न गएँ, न उहाँले सम्पर्क गर्नुभयो,’ स्थापितले भने । एकाएक गत दुई साताअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराइले स्थापितलाई बालुवाटार बोलाए र काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त हुन प्रस्ताव गरे ।
यस्तो प्रस्ताव राख्दा भट्टराईले सम्भवत: दाहाल र स्थापितको मितेरी सम्बन्धलाई पनि ध्यानमा राखेका थिए । स्थापितले आयुक्त पद लिएर आफू एमाओवादी बन्न भने नसक्ने प्रतिक्रिया दिए । त्यसपछि भट्टराईले ‘देशको विकास गर्ने कुरा हो, एमाओवादी, एमाले वा कांग्रेस बन्ने कुरा होइन’ भन्दै स्थापितलाई मनाए ।

बादल र आफ्ना केही सहयोगीका साथ दाहाल स्थापितको बागबजारस्थित घरमै पुगे । स्थापितले पनि दाहाललाई स्वागत–सत्कार गरे ।
सो भेटमा पनिकाठमाडौं र समग्र देशको विकासका सम्बन्धमा नै गहिरो छलफल भयो । दाहालले जनयुद्ध थाल्नाको कारण र स्थगन गर्नाको कारणबारे लामै गफ दिए । साथै स्थापितका विकास योजनाबाट आफू प्रभावित भएको सुनाए । अन्तिममा उनले स्थापितलाई प्रस्ताव राखे, ‘तपाईं र मबीच फ्युजन आवश्यक छ, हामी मीत लगाऔँं ।’
सुरुमा त अलि अक्मकिए स्थापित । ‘अध्यक्षज्यू, तपाईंले मेरो विषयमा केही बुझ्नु भएको छैन, त्यसैले यो हतार नगराँ भनेर भनेर टार्न खोजेँ, तर उहाँले मान्नु भएन’, स्थापितले भने । ‘मैले सबै कुरा बुझिसकेको छु’ भनेर स्थापितको हात समाएर आफूहरू मीत बनेको घोषणा गरिदिए ।
दाहाल र स्थापितबीच यसरी मितेरी साइनो गाँसिँदा बाबुराम भट्टराई, रामबहादुर थापा, स्थापितकी श्रीमती तथा दाहालको सुरक्षामा खटिएका माओवादी सेना वरिपरि झुम्मिएका थिए । सबैले थपडी बजाएर घोषणालाई अनुमोदन गरे । त्यसपछि दुवैले एक–अर्कालाई मिठाइ खुवाए । खानपिनपछि दाहाल र उनका सहकर्मी बिदा भए  ।
ठ्याक्कै कुन मितिमा मीत लगाइयो भन्ने स्थापितलाई अहिले हेक्का छैन । ‘तर, ०६५ को विस्तृत शान्ति सम्झौता अघि हो,’ उनले भने ।
मीत लगाएको केही हप्तापछि दाहाल फेरि पत्नी सीताका साथ बागबजारस्थित स्थापितको घरमा आए । स्थापितको काठमाडौं विकाससम्बन्धी गफ सुन्न सीता पनि उत्सुक भएकाले ल्याएको दाहालले बताएका थिए । स्रोतका अनुसार दाहालपत्नी र स्थापित पत्नीबीच पनि मीत लगाउने प्रस्ताव दाहालले राखेका थिए । तर, स्थापितपत्नीले नमानेपछि दाहालको इच्छा पूरा हुन सकेन ।
विस्तृत शान्ति सम्झौतापछि काभ्रेको कामीडाँडामा माओवादीको बैठक बस्यो । त्यो बैठकमा केही माओवादी नेतासँग दाहालले स्थापितसंँग मीत लगाएको खुलासा गरे । त्यसपछि आफूविरुद्ध माओवादीकै केहीले षड्यन्त्र थालेको स्थापित बताउँछन् । ‘षड्यन्त्र हुन थालेपछि मैले दाहाललाई भेटेर तपाईं र मबीच राम्रो सम्बन्ध छ, यसलाई यत्तिमै सीमित राखाँ भनेर फर्किएँ ।’

प्रतिक्रिया