संविधानसभामा पाँचौ पटक सूचना टाँस

काठमाडौं, २२ वैशाख । प्रमुख दलहरु सहमतिका लागि भन्दै समय माग गरेपछि संविधानसभाको बैठक पाँचौ पटक सूचना टाँस गरेर स्थगित भएको छ ।
आजका लागि तय भएको बैठकमा नयाँ संविधानका बिवादित विषयमा प्रक्रिया मार्फत मतदानमा गएर टुङगो लगाउने बताईएको थियो । दलहरुका वीच राज्य पुनर्संरचना र शासकीय स्वरुपमा बिवाद छ ।
संविधानसभाको वैठक अब २६ गते विहान ११ वजे बस्ने छ । नयाँ संविधान जारी गर्ने समय नजिकिदै गर्दा समेत दलहरुले बिवादित विषयमा सहमति खोज्न नसकेपछि वैठक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ ।
यसैवीच, संवैधानिक समितिको वैठक २५ गते बस्ने भएको छ । अनिश्चितकालका लागि स्थगित भएको समिति बैठक २५ गते बस्ने तयारी भएको स्रोतको भनाई छ ।

प्रतिक्रिया