‘प्रेम विवाह विरुद्ध अपहरणको प्रयास’

विराटनगर, २२ वैशाख । मोरङ जिल्लामा कथित दलित युवा डिल्लीराम विकसँग विवाह गरेको आरोपमा केटी पक्षले उनका बावुलाई अपहरणको प्रयास गरेका छन् ।

ईन्द्रपुर–५ वस्ने ४६ वर्षीय वमवहादुर विश्वकर्मालाई विहिवार साँझ मारुती भ्यानमा आएका केटी पक्षका ४ युवाले अपहरणको प्रयास गरेका हुन् ।

चार अपहरणकारीको स्थानीयले प्रतिकार गरेपछि विकको अपहरण हुन पाएन । गाउँलेले अपहरण गर्न खोज्ने युवा र मारुती भ्यानलाई नियन्त्रणमा लिएर प्रहरी चौकी खोर्सानेमा वुझाएका छन् । उनीहरु विरुद्ध अपहरणको बिरुद्धको जाहेरी दिईएको छ ।

विकका छोरा २३ वर्षीय डिल्लीरामले धनकुटा डाँडावजार–१ का पलकवहादुर वस्नेतकी २० वर्षीया छोरी प्रनिता वस्नेतसँग एक बर्ष अघि नै प्रेम विवाह गरेका हुन् । यद्यपि प्रनितालाई आफन्तले जर्वजस्ती छुटाएर लगी केही समय घरमा समेत राखेका थिए ।

केटीका आफन्तले दलितसँग विवाह गरेको भन्दै छुटाउन विकलाई पटक÷पटक दबाव दिदै आएका छन् ।

केटी पक्षका आफन्तले विकलाई छोरी उपलब्ध गराउन भन्दै जवर्जजस्ती कागज समेत गराउन भ्याईसकेका छन् ।

एक वर्ष अघि प्रेम विवाह गरेका उनीहरुलाई केटी पक्षका आफन्तले छुटाएका थिए । हालै वैशाख–१२ गते पुनः प्रनिता आफ्नो प्रेमी खोज्दै आएपछि उनीहरुको पुनर्मिलन भएको थियो ।

प्रतिक्रिया