आमिरलाई झट्का

मुम्बई : बलिउड नायक आमिर खानको विश्वास जित्नु कुनै पनि नयाँ मान्छेका लागि गाह्रै काम हो । उनी जोसुकैलाई विश्वास गरिहाल्दैनन्, पहिले नै सँगै काम गरिसकेका मान्छे नै उनको छनोटमा पर्छन् । आमिरका त्यस्तै विश्वासिला मान्छेमा पर्छन् प्रसून जोशी । आमिरले आफ्ना प्राय: चलचित्रका गीत उनैलाई लेखाएका थिए ।
यसपालि पनि उनी आफूले अभिनय गर्न लागेको चलचित्र तलासको गीत उनैलाई लेखाउन लगाउने तारतम्मे मिलाइरहेका थिए । तर, निर्माता फरहान अख्तरले सो गीत जावेद अख्तरलाई लेख्न जिम्मा दिएपछि आमिरको इच्छा पूरा हुन पाएन । उनलाई झट्का लागेको छ । सो गीत आफूलाई लेख्न नदिइएको थाहा पाएपछि जोशीले अब आफू पनि सो चलचित्रको एक हिस्सा हुँ भन्ने सोचाइ दिमागबाट हटाएको सुनाए । उनी सो चलचित्रको क्रिएटिभ टिमसँग पनि जोडिएका छन् । त्यसो त आमिरका लागि प्रसूनका गीतहरू प्राय: चलचित्रमा फलीफाप साबित हुँदै आएका छन्, त्यसैले पनि उनले प्रसूनलाई यति धेरै विश्वास गरेका हुन् । प्रसूनका गीतको अभावमा यो चलचित्रचाहिँ उनका लागि कस्तो साबित हुने हो, समयले बताउनेछ । (एजेन्सी)

प्रतिक्रिया