कृषिमा अत्याधिक भ्रष्टाचार छः मन्त्री

दाङ, १९ वैशाख । कृषि तथा सहकारी मन्त्री अकवाल अहमद शाहले कृषि क्षेत्रको विकासका लागि बर्तमान सरकारले विगतको तुलनामा धेरै राहतमूलक कार्यक्रम ल्याएको बताए ।
नेपालको कृषि विकासको लागि अहिलेको सरकार चिन्तित भएको उनको दावी छ । रिपोटर्स क्लव दाङ शाखाले आज फुलवारीमा आयोजना गरेको कार्यक्रममा मन्त्री अकवालले यस्तो बताएका हुन् ।
कृषिको क्षेत्रमा माथिल्लो स्तरबाटै भ्रष्टाचार भैरहेको बताउदै मन्त्री अकवालले भने, ‘कृषि मन्त्रालयका विभिन्न निकायममा मल र बिउमा ठूलो घोटाला हुने गरेको पक्का हो ।’
मन्त्री अकवालले सरकारबाट वितरण सामाग्री वा मलमा विश्वास घटे भन्दै मलको बोरा तौलेर लिन किसानलाई सुझाव दिएका छन् । सौर्य

प्रतिक्रिया