“तिम्रो लागि” प्रदर्शनलाई तयार

काठमाडौं : हंग्री आइज मुभिजको ब्यानरमा निर्मित चलचित्र तिम्रो लागि निर्माणका सम्पूर्ण कार्य सिध्याएर यतिबेला प्रदर्शनका लागि प्रचारप्रसारमा
जुटेको छ ।
सुमन सिंह, कुशल थापा, सुमिना घिमिरे, सरोज केसी, दिव्यश्वर गौतम, गणेश उप्रेती, सुरवीर पण्डित, सुशील पोखरेललगायतको मुख्य भूमिका रहेको सो चलचित्र आगामी जेष्ठको अन्तिम साताबाट देशभर सार्वजनिक प्रदर्शन गर्ने तयारी
भइरहेको निर्माण समूहले जानकारी गरायो ।
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रले मायाप्रेमका विषयवस्तुलाई गहिरिएर प्रस्तुत गर्ने प्रयास गरेको निर्माता अरुण खड्काले सुनाए । उनले भने, ‘सशक्त प्रेमकथा मात्र होइन, यसमा एक्सनलगायत अन्य पक्ष पनि सबल छन् ।’
नेपाली चलचित्र इतिहासका अहिलेसम्मकै कान्छा १७ वर्षीय निर्देशक एनआर घिमिरे यस लचित्रका लेखक तथा निर्देशक हुन् । यसमा रोशन श्रेष्ठको द्वन्द्वनिर्देशन र बब्लु थापाको नृत्यनिर्देशन रहेको छ । शम्भु गौतमको निर्माण परिकल्पना रहेको चलचित्रका दृश्य देवेन्द्र हुरहुरले क्यामेरामा कैद गरेका हुन् । (सौस)

प्रतिक्रिया