साडी लगाइन सन्नीले

नांगो मानिस समाचारको विषय बन्ने गर्छ तर सन्नी लियोनका हकमा यो नियम लागू हुँदैन । कैयौँ ‘ब्लु फिल्म’मा अभिनय गरेकी सन्नीको नग्नता धेरैका लागि चासोको विषय होइन । त्यसैले उनले अंग प्रदर्शन गरेको समाचारले फिल्मी क्षेत्रलाई तताउँदैन तर उनले साडी लगाएको समाचारले भने भारतीय सञ्चारमाध्यममा हल्लीखल्ली मच्चाएको छ ।
भारतीय मूलकी क्यानाडाली ‘पोर्न स्टार’ सन्नीले साडी लगाएर फोटो सुट गराएपछि यसले ठूलो चर्चा पाएको हो । ‘जिस्म-२’ मा अनुबन्धित भइसकेकी उनी यही फिल्मको कामका लागि भारत आएका बेला उनले साडी लगाएर फोटो सुट गराएकी हुन् । सधैँ भड्किला लुगामा देखिने सन्नीलाई रातो साडी सुहाएको छ तर केही फोटोमा भने उनले चोलो फुकालेकी छन् । ‘जिस्म-२’ अभिनेता डिनो मोरियाको निर्माणमा बन्न लागेको फिल्म हो । फिल्म निर्माणमा उनलाई अभिनेत्री पूजा भट्टले साथ दिएकी छन् ।

प्रतिक्रिया