ट्रकमा ठोक्किएर तीनको मृत्यु

सिराहा, १ वैशाख । पूर्व–पश्चिम महेन्द्र राजमार्गको भवानीपुरमा मालबाहक ट्रकमा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भवानीपुर प्रध– ९ का शिवनारायाण चौधरी, सिसवनी–१ का रवीन्द्र चौधरी र डम्बर शर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार पूर्वबाट पश्चिमतिर आज विहान १ बजे स ३ प १३५५ र स २ प ८७५२ नम्वरको मोटरसाइकल चढेर गएका पाँचजना मेदिनीपुरमा रोकिराखेको ना ३ ख ५७९२ नम्वरको मालवाहक ट्रकमा पछाडिबाट ठोक्किएका थिए ।

ट्रकमा ठोक्किँदा हनुमाननगरका भूपेन्द्र चौधरी र  सिसवनीका श्यामसुन्दर चौधरी घाइते भएका छन् ।

घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ । उनीहरू लहान नजिकै रहेको फूलबारी मेला हेरेर घर फर्किंदै गर्दा दुर्घटना भएको थियो ।

प्रतिक्रिया