काठमाडौं, ३० चैत । राष्ट्रियता, जनजीविका, शान्ति र संविधान लगायतका माग राखेर आन्दोलनमा उत्रिएको एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूह सहितको संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपालले दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर बिभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । उनीहरुले लडाकु नेपाली सेनाको जिम्मा लगाउने निर्णयको समेत बिरोध गरेका छन् ।
संघर्षका कार्यक्रम अनुसार वैशाख ८ गते काभ्र, १० गते उदयपुर, १२ गते कास्की, १६ गते झापा, १७ गते धनुषा, १९ गते मई दिवसका अवसरमा बाँकेमा आससभा हुने छ । वैशाख २० गते कैलाली, २१ गते दिपायल, २२ गते रुपन्देही र वैशाख २५ गते बागलङमा आसभास गर्ने समितिका कार्यक्रम छन् । २३ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषद्ले काठमाडौंको चक्रपथमा मार्चपास गर्ने विज्ञप्तीमा उल्लेख छ ।
१४ गते आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपालको काठमाडौमा प्रदर्शन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
बैशाख २६ गतेदेखि ३० गतेसम्म अन्तिम चरणको हस्ताक्षर संकलन गर्नुका साथै जेष्ठ १ गते विशाल र्यालीका साथ देशैभरबाट संकलित हस्ताक्षर संविधानसभाका अध्यक्षलाई बुझाउने समितिले जनाएको छ ।
प्रतिक्रिया