घिमिरे र झालाई मानव अधिकार सम्मान

काठमाडौं, ३० चैत । राष्ट्रिय मानव अधिकार आयोगले ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान, २०६८’ ‘एबीसी नेपाल’ का अध्यक्ष दुर्गा घिमिरे तथा पत्रकार चन्द्रकिशोर झालाई प्रदान गर्ने निर्णय गरेको छ ।

घिमिरे महिला अधिकार र सामाजिक विकासको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेको तथा झा मानव अधिकार, सामाजिक न्याय र सामाजिक समावेशीकरणका पक्षमा कलम चलाउने स्वतन्त्र पत्रकार रहेको भन्दै सम्मान गर्न लागेको आयोगद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।

आयोगको स्थापना दिवसका अवसरमा आगामी जेठ–१३ गते सम्मान प्रदान गरिनेछ ।

कर्मक्षेत्रमा खटिएकै बखत आयोगका जनकपुर कार्यालयमा कार्यरत तत्कालीन कर्मचारी दयाराम परियारलाई २०६२ साल चैत्र ११ गते नेपाल प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा प्रतिवद्ध व्यक्ति वा संस्थाले पुरायाएको योगदानका लागि ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यसै वर्षदेखि स्थापना गरिएको आयोगले उल्लेख गरेको छ ।

प्रतिक्रिया