त्रिपक्षीय वार्ताप्रति चीन सकारात्मक

बेइजिङः चीन, भारत र अमेरिकाबीच त्रिपक्षीय वार्ताप्रति असहमति जनाउँदै आएको चीनले यसप्रति सकारात्मक हुन खोजेको संकेत दिएको छ । चिनियाँ विदेश मन्त्रालयसँग आबद्ध संस्था चाइना इन्टिच्युट अफ इन्टरनेसनल स्टडिजको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चिनियाँ सहायक विदेशमन्त्री लि युचेङ्गल यस्तो संकेत गरेका हुन् ।
उनले त्रिपक्षीय वार्ताबारे चीन ‘खुला र सकारात्मक’ रहेको बताए । ‘विरोधमा भन्दा वार्ताप्रति हाम्रो विश्वास छ । त्यसैले त्रिपक्षीय वार्ताको संयन्त्रप्रति हामी सकारात्मक छौँ,’ उनले भने । चीनले नयाँ शिराबाट बाँकी विश्वसँग सम्बन्ध बिस्तार गर्ने तयारी गरिरहेको जानकारीसमेत उनले दिए । अन्तर्राष्ट्रिय व्यवस्थामा विकसित दुई घटनाबाट चिनियाँ कूटनीतिले नयाँ आधार प्राप्त गरेको उनले उल्लेख गरे । ‘राष्ट्रका स्वार्थहरू अन्तरमिश्रण हुनेगरी विकसित भइरहेको विश्व सञ्जाल र बि्रक्स राष्ट्रको उदयले चिनियाँ कूटनीतिलाई नयाँ आधार प्रदान गरेको छ ।
एउटा राष्ट्रको लाभ अर्काको हानि भन्ने मानसिकता अब त्याग्ने बेला भएको छ । बदलिँदो समयलाई सुहाउने खालको नयाँ सम्बन्ध निर्माण गर्न राष्ट्रहरू लाग्ने बेला भएको छ,’ उनले भने । -एजेन्सी

प्रतिक्रिया