अब बन्दुक प्रचण्ड र बाबुराम तर्फः लडाकु

काठमाडौं, २९ चैत । जनमुक्ति सेना नेपाल, संघर्ष समितिले लडाकु नेपाली सेनाको जिम्मा लगाउने विशेष समितिको निर्णयको बिरोध गर्दै खारेज गर्न माग गरेको छ ।

समितिका संयोजक तथा छैटौं डिभिजन कार्यालयका बटालियन कमाण्डर धनबहादुर बोगटीले आज विज्ञप्ती जारी गरेर जनमुक्ति सेनाको विघटन गरेको भन्दै आपत्ति जनाएका छन् । उनले सम्झौता फिर्ता गरी जनमुक्ति सेनालाई सम्मानजनक प्रक्रियावाट समायोजनमा लैजान माग गरेका छन् ।

उनले भनेका छन्, ‘यदि हाम्रो मागप्रति वेवास्ता गरियो भने प्रतिक्रियावादी शासकवर्गका विरुद्ध सोझिएका बन्दुकहरु अध्यक्ष प्रचण्ड र सरकारसामु सोझिने कुरामा कुनै शंका छैन ।’

‘जवर्जस्त गरिन्छ भने माओवादी पार्टी र नेपाल सरकारले त्यसको चर्को मुल्य चुकाउनुपर्ने छ’, विज्ञप्तीमा भनिएको छ, ‘आत्मसमर्पणवाद र विसर्जनवादको बाटोमा विचलित हुँदै गरिएको माओवादी पार्टीको मुल नेतृत्व प्रचण्ड र बाबुरामले जनमुक्ति सेना नेपाललाई नेपाली सेनाको जिम्मा दिएर आत्मसमर्पण गराएका छन् ।’

प्रतिक्रिया