भूकम्प नेपालमा आएको छैन

काठमाडौं, २९ चैत । इन्डोनेसियाको नर्दन सुमत्राको उत्तरी क्षेत्रमा आज शक्तिशाली भूकम्प गएको छ ।

नेपाली समय अनुसार २ बजेर २२ मिनटमा ८ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रका नापी अधिकृत डिल्लीराम तिवारीले जानकारी दिए ।

अधिकारीका अनुसार नेपालमा कुनैपनि प्रकारको भूकम्प नगएको बताए । उनले भने, ‘इन्डोनेसियको नर्दन सुमत्रामा भूकम्प गएको हो, नेपालमा कुनै प्रकारको भूकम्पको धक्का मापन गरिएको छैन ।’ उनले भूकम्पको हल्लाका पछि नलाग्न समेत भनेका छन् । इन्डोनेसियाको नर्दन सुमत्राको उत्तरी समुन्द्रको छेउमा भूकम्पले केन्द्र विन्दु बनाएको छ ।

सन् २००४ डिसेम्वर २६ तारिखमा इन्डोनेसियाको नर्दन सुमत्राको नर्थ क्षेत्रमा गएकै स्थान नजिक केन्द्र बिन्दु बनाएर आजपनि भूकम्प गएको हो । २००४ मा ९ रेक्टर स्केलको भूकम्पले झण्डै साढे दुई लाख सर्वसाधारणको ज्यान लिएको थियो ।

भूकम्प मापन केन्द्रका नापी अधिकृतले भूकम्पका बारेमा कुनै जानकारी लिनुपरे आफूहरुलाई ०१४४१०१४१ नम्वरमा सोझै सम्पर्क गरेर जानकारी लिन सक्ने सर्वसाधारण्मा आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया