व्यक्तिगत सुरक्षाका हतियारपनि कन्टेनरमा

शक्तिखोर, २९ चैत । शक्तिखोर शिविरमा माओवादीका नेताहरुको व्यक्तिगत सुरक्षाका लागि राखिएका हतियार पनि गणना गरेर कन्टेनरमा राखिएको छ ।

विशेष समिति सचिवालय तथा नेपाली सेनाले शक्तिखोर शिविरमा रहेको ६७ नाल हतियार कन्टेनरमा राखिएको हो । अन्य हतियार भने मंगलबार राति नै सेनाले आफ्नो नियन्त्रणमा लिइसकेको थियो ।

विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले तेस्रो डिभिजनमा रहेको कुल ६ सय ६७ थान हतियार कन्टेनरमा राखिएको जानकारी दिए ।

प्रतिक्रिया