वैद्य समूहको विरोध प्रर्दशन र चक्का जाम

काठमाडौं, २९ चैत । शिविरका लडाकु र कन्टेनरका हतियार नेपाली सेनाको जिम्मा लगाउने विशेष समितिको निर्णयको बिरोध गर्दै आज एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले राजधानी लगायत मुलुकका बिभिन्न स्थानमा चक्का जाम गरेका छन् ।

बैद्य समूहको चक्का जामका कारण एक घण्टा सर्वसाधारण यात्रुले सास्ती बेहोर्नु परेको छ । प्रदर्शनका क्रममा केही स्थानमा प्रहरीले बैद्य समूहका कार्यकर्तालाई समेत पक्राउ गरेको छ ।

यसै क्राममा लडाकुलाई नेपाली सेनाको जिम्मा लगाएको विरोधमा सुनसरी र मोरङमा वैद्य पक्षधर कार्यकर्ताहरुले एक घण्टा यातयात वन्द गरेका छन् ।

उनीहरुले मोरङको विराटनगर, पथरी लगायतका स्थानमा र सुनसरीको धरान, ईनरुवा र सुनसरीमा विरोध प्रर्दशन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले एक घण्टा राजमार्ग जाम गरि कोणसभा पनि गरेका थिए ।

उता, वैद्य समूहका १६ कार्यकर्तालाई गोरखामा प्रहरीले पक्राउ गरेको छ । एकघन्टा चक्काजाम गराउन प्रचारप्रसारमा हिँडेका रामचन्द्र पौडेल, अनिल विक र राजन केसीलाई जिल्ला प्रशासन कार्यालयमा पर्चा टाँस्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

जिल्लास्थित हरमटारी चोकमा यातायात बन्द गरेर आन्दोलनको थालनी गरे लगत्तै वैद्यपक्षका गोरखा जिल्ला नेता नारायण अधिकारीसहित अमृत वाग्ले, राजेन्द्र ढकाल, चिजकुमार सुनार, शङ्कर अछामी, बाबुराम अछामी, हरिराम परियार, शिव कुमाल, हिमलाल भट्ट, अमृत राना, दिनेश सिर्मल, ईश्वर श्रेष्ठ र सरोज देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका वैद्यपक्षका नेता अधिकारीले आफूहरुलाई प्रहरीले लाठी प्रहार गरेको बताएका छन् ।

प्रतिक्रिया