‘पौडेल हत्याका तीन आरोपित सार्वजनिक’

झापा, २९ चैत । होटल व्यवसायी संघका पूर्व अध्यक्ष युवराज गिरीले झापाका पत्रकार यादव पौडेललाई तीन तलामाथिबाट खसालेर हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रहरीले आज झापामा पत्रकार सम्मेलन गरेर गिरीले नै धकेका कारण पौडेलको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले हत्या घट्नामा संलग्न रहेका तीन अभियुक्तलाई समेत सार्वजनिक गरेको छ । संघका पूर्व अध्यक्ष गिरी, पूर्वाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसका सञ्चालक सोम ढकाल र उनीकी पत्नी मञ्ज ढकाल पौडेलको हत्यामा संलग्न रहेको जनाएको छ ।

प्रहरीले पौडेलको हत्या गरिएको स्थान गेष्ट हाउस सञ्चालक ढकाल दम्पत्तिलाई घट्नाका मुख्य अभियुक्तको अभियोग लगाईएको छ ।

प्रहरीले पत्रकार सम्मेलनमा पौडेलको हत्या तत्कालिन परिस्थितीमा भएको र पत्रकारितासंग नजोडिएको प्रतिवेदनमा उल्लेख छ ।

पत्रकार पौडेल सम्पादक रहने गरी गिरीले ‘उज्यालो पूर्व’ नामको दैनिक पत्रिका प्रकाशन गर्ने तयारी गरेका थिए । उनको बिर्तामोड नयाँ बसपार्क नजिक पूर्वाञ्चल होटल एण्ड सेकुवा कर्नरमा चैत–२१ गते राति हत्या भएको थियो ।

घटनाका प्रत्यक्षदर्शी होटल सञ्चालिका मञ्जुले पनि पत्रकार पौडेललाई गिरीले नै छतबाट धकेलेर खसालेको वयान दिएकी छन् । उनले भनिन्, ‘गिरीले छतबाट खसाले पछि पत्रकार पौडेलको मृत्यु भएको हो ।’

झापाका एसपी तारणीप्रसाद पौडेलले पनि होटलको माथिल्लो तलामा भनाभन भइरहेका बेला गिरीले खसालेर हत्या गरेको बताए ।

उनले होटेल संघका पूर्व अध्यक्ष गिरी र होटेल सञ्चालिका मन्जुबीच अनैतिक सम्बन्ध रहेको बताए । प्रहरीले पत्रकार पौडेलको हत्या योजनाबद्ध रुपमा भएको पनि जनाएको छ ।

होटेल सञ्चालिका मन्जुले भनिन्, ‘पत्रकार पौडेलले मलाई अँगालो हाल्न खोजेपछी गिरीले धकेलेर छतबाट खसालेका हुन् ।’ हत्या घटनाको काठमाडौंबाट गएको केन्द्रिय अनुसन्धान ब्यूरो सहितको टोलीले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया