संविधान समयमा बन्छः राष्ट्रपति

जनकपुर, २८ चैत । राष्ट्रपति रामवरण यादवले जेठ १४ गते भित्र संविधान बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

जनकपुरमा आज संचारकर्मीसंग कुरा गर्दै राष्ट्रपति यादवले संविधान समयमा बनाउनका लागि सबैले दवाव सृजना गर्नु पर्ने बताए । नेपाली जनताको चाहनापनि संविधान निर्माण रहेको उनको भनाई छ ।

यसैबीच, जनकपुरमा आजैबाट सुरु भएको अन्तर्राष्ट्रिय मैथिली नाट्य महोत्सवको राष्ट्रपति यादवले उदघाटन गरेका छन् ।

युवा नाटयकला परिषद परबाहाको आयोजनामा सुरु भएको महोत्सवको उदघाटन समारोहमा यादवले नाटयक्षेत्रमा महत्वपूर्ण योगदान दिएका पाँच जनालाई सम्मानित गरेका छन् ।

सम्मानित हुनेहरुमा नेपाल संगीत तथा नाटय प्रज्ञाप्रतिष्ठानका प्राज्ञ रमेश रञ्जन झा, नाटय क्षेत्रका वरिष्ठ निर्देशक राम रेखा पण्डित, नित्यानन्द मिश्र, विष्णुकान्त मिश्र र राधाकान्त झा रहेका छन ।

बैशाख १ गते सम्म चल्ने महोत्सवमा नेपाल र भारतका चर्चित १० वटा मैथिली नाटय संस्थाहरुले नाटक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया