‘लडाकु आजैदेखि सेना मातहत’

काठमाडौं, २८ चैत । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी बिशेष समितिले अस्थायी शिविरका लडाकु, हतियारलगायत सम्पूर्ण भौतिक सामानको जिम्मेवारी आजैदेखि नेपाली सेनालाई सुम्पेको छ ।

बिशेष समितिको आज काठमाडौंमा बसेको बैठकले प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई बोलाएर सम्पूर्ण जिम्मेवारी दिएको समिति सदस्य तथा अर्थमन्त्री बर्षमान पुनले जानकारी दिए । उनले भने, ‘सेना समायोजनमा आज फड्को मारेका छौं ।’

एमाले अध्यक्ष झलनाथ खनालले सेना समायोजनका लागि लडाकु, शिविरका भौतिक सामाग्री, हतियार रहेका कन्टेनरको जिम्मेवारी सेनालाई दिने निर्णय गरिएको बताए । उनले समायोजन आचार संहिता पनि बनाउने सहति भएको बताए । सेना समायोजनको आचार संहिता भने बिशेष समितिले बनाउने छ ।

तीन दलका प्रमुख नेताहरुको समेत सहभागिता रहको बिशेष समिति बैठकमा लडाकुका शिविरमा भएको प्रदर्शनका बिषयमा समेत छलफल भएको थियो । लडाकुले प्रदर्शन गर्न थालेपछि एमाओवादीको आग्रहमा सेना समायोजनको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिईएको हो ।

अब नेपाली सेनाले समायोजन हुने लडाकुका बारे छनौट आफै गर्ने छ । समितिले समायोजन अबधिभर स्वयच्छिक अबकाशमा जान पाने अबसर लडाकुलाई दिईएको छ ।

बिशेष समितिले यस अघि शिविरका लडाकुलाई चैतको ३० गते भित्र नेपाली सेनाको जिम्मा लगाई समायोजन गर्ने निर्णय गरेको थियो ।

 

विशेष समितिको २०६८।१२।२८ को बैठक (८९ नं.) को निर्णयः

१. माओवादी सेनाका लडाकूहरू, हतियार एवम् कन्टेनरहरू, शिविर र शिविरमा रहेका भौतिक सामाग्रीहरू आजैका मितिदेखि नेपाल सरकारले नेपाली सेना मातहत ल्याउने ।

२. शिविरहरूको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने ।

३. समायोजनका लागि निर्धारण गरिएका केन्द्रहरूमा समायोजन कार्य प्रारम्भ गर्नु अघि विशेष समितिको पूर्व निर्णय अनुरुप स्वैच्छिक अवकासको प्रक्रिया जारी रहने र समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकूहरूलाई स्वैच्छिक अवकास वा पुनस्र्थापनको विकल्प रोज्ने अवसर कायमै राख्ने ।

४. नेपाल सरकारले विशेष समिति अन्तर्गतको सचिवालयका संयोजकको परामर्शमा माओवादी सेनाका लडाकूहरूले पालना गर्नुपर्ने आवश्यक आचारसंहिता जारी गर्ने ।

प्रतिक्रिया