प्रक्रिया पुराएरै संविधान आउछः अध्यक्ष खनाल

काठमाडौं, २८ चैत । एमाले अध्यक्ष झलनाथ खनालले सार्बभौम संबिधानसभाले प्रक्रिया पुरा गरेर ल्याएको संबिधान जारी हुने दाबी गरेका छन् ।

अन्तरिम संविधानको धारा ७० संशोधन गरेर प्रक्रिया छोटो बनाएर नयाँ संविधान जारी गर्ने सहमति भएको दोस्रो दिनमै खनालले प्रक्रिया पुराएरै संविधान जारी गर्ने दाबी गरेका हुन् । खनालले सार्वभौम संविधानसभाले मात्रै संविधान बनाउने बताएको उनको निजी सचिवालयले जनाएको छ ।

कुनै संस्था वा ब्यक्तिले दिएको रेडिमेड संविधान नेपाली जनतालाई मान्य नहुने खनालले बताएका छन् ।

शान्ति र संबिधान निर्माणमा टेलिफोन मार्फत सोलुखुम्बुका स्थानीय दलका प्रमुखसँग आज भएको बार्ताका क्रममा खनालले अध्यारो कोठरी भित्र बनाईएका संबिधान नेपाली जनताले सिधै अस्वीकार गर्ने उल्लेख गरे ।

एमाओवादीका जिल्ला ईन्चार्ज गोम्बु शेर्पाले जातीय पहिचानसहितको प्रदेश निर्माणमा एमालेको भूमिका स्पष्ट पार्न पहिचानलाई प्राथमिकता दिन सुझाब दिए ।
कांग्रेसका जिल्ला सभापति आङगेलु शेर्पाले जेठ १४ गते भित्र संबिधान आउनेमा शसंकित भएको बताए ।

एमाले सोलुखम्बु अध्यक्ष आङनिङमा लामाले दलहरुलाई कतैबाट रेडिमेड संबिधान प्राप्त भइसकेको हो भनि जिज्ञासा राख्दै त्यसो नगर्न सुझाव दिएका थिए । उनले दलहरुले बिगतमा गरेका सहमतिहरु कार्यन्वयन गर्न आलटाल गरिरहेको आरोप लगाए ।

सुझाब सुनिसके पछी अध्यक्ष खनालले शान्ति प्रक्रिया टुङगिएको एक हप्ताभित्रै संबिधानका बिबादित बिषयहरुमा सहमति जुट्ने विश्वास दिलाउने प्रयास गरेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया