संविधान पछि स्थानीय निकायको निर्वाचन

विराटनगर, २८ चैत । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति र संविधान निर्माण कार्य टुङगोमा पुगेपछि स्थानीय निकायको निर्वाचन गराउन सकिने वताएका छन् ।

विराटनगरमा आयोजना भएको कार्यक्रममा नेता नेपालले निर्वाचन गराउने बिषयमा एमाओवादीको सैन्यवादी चिन्तन हावी भएका कारण समस्या आएको बताए । उनले अधिकांश दलहरु निर्वाचन गराउन सकारात्मक रहेको पनि बताए ।

उनले भने, ‘स्थानीय निकायको निर्वाचन गराउन चाहेको भएपनि एमाओवादीले हतियार मोह त्याग्न नसकेका कारण बाधा उत्पन्न भएको छ ।’

उनले भने, ‘शान्तिप्रकृया टुंगोमा पुगेपछि संविधान जारी गर्न सकिन्छ, त्यस पछि स्थानीय निकायको निर्वाचन गराउन बाटो खुल्छ ।’

संविधान जारी भएपछि संक्रमण काल अन्त्य भएको सन्देश दिनपनि स्थानीय निकायको निर्वाचन गराउनु पर्ने उनको भनाई थियो ।

अर्को व्यावस्था नहुन्जेलसम्मका लागि स्थानीय निकायलाई जनप्रतिनिधि नियुक्त गरेरै भएपनि सञ्चालन गरिनुपर्ने नेता नेपालको सुझाव छ ।

जनप्रतिनिधि विहिन स्थानीय निकायमा व्यापक भ्रष्टाचार वढेको भन्दै नेपालले मुलुकमा सुशासन आवस्यक रहेको बताए ।

प्रतिक्रिया