′एक मधेस प्रदेशमा पुनः विचार हुन सक्छ′

काठमाडौ, २८ चैत । नवनियूक्त सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उपयूक्त विकल्प आए आफूहरु शान्ति र संविधानका लागि समग्र मधेस एक प्रदेशको अडानमा पूनः विचार गर्न तयार रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीम आयोजना गरेको साक्षात्कारमा फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष समेत रहेका मन्त्री यादवले मधेस शान्ति र संविधानको पक्षमा रहेको बताए ।

उनले मधेस प्रदेशको उपयूक्त विकल्प ल्याए त्यसमा आफूहरु खुल्ला हृदयका साथ छलफल गरेर पुनः विचार गर्न तयार रहेको बताए ।

उनले भने, ‘संघीयता सहितको तोकिएको समयमा ल्याउन मधेस जस्तो सुुकै त्याग गर्न तयार छ ।’

‘एक साता भित्र शान्ति प्रक्रिया पुरा हुन्छ’, मन्त्री यादवले भने, ‘समय संविधान ल्याउन मधेसी मोर्चा सहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको छ ।’

प्रतिक्रिया