युवराज स्वदेश फर्किए

नयाँदिल्ली, २७ चैत । क्यान्सर उपचारको क्रममा करिब अढाई महिना अमेरिका बसेर भारतीय क्रिकेट अलराउन्डर युवराज सिंह सोमबार स्वदेश फर्किएका छन् । सोमबार बिहान दिल्ली विमानस्थलमा उनी ओलर्ंदा उनकी आमा र केही समर्थकको त्यहाँ उपस्थिति थियो ।
गत फेब्रुअरीमा युवराजको दुईवटा फोक्सोबीचमा टयुमर रहेको चिकित्सकले बताएका थिए । अमेरिकाको इन्डियाना वेल्समा युवराजको तीनचरणमा किमोथेरापी गरिएको थियो ।
सन् १९९६ मा साइक्लिङ च्याम्पियन लेन्स आर्मस्ट्रङको शल्यक्रिया गरेका चिकित्सक लोरेन्स एच एइनहर्नसँग नै युवराजले उपचार गराएका थिए । युवराजको अन्तिम किमो गत मार्चको मध्यतिर सम्पन्न भएको थियो ।
किमोको साइडइफेक्टका रूपमा युवराजको कपाल सबै झरेको छ । उनले विमानस्थलमा आफूलाई पर्खिरहेका समर्थक तथा आफन्तलाई विजयी हात पारे जसरी अभिवादन गरेका थिए । अमेरिकाबाट र्फकने क्रममा युवराज केही समय लन्डनमा बसेका थिए ।लन्डनमा युवराजलाई मद्दत गरेका एक सहयोगीले उनी क्यान्सरमुक्त भएको बताएका छन् । उपचारको समय र भावी योजनाबारे युवराजले बुधबार पत्रकार सम्मेलन गर्दै छन् ।

प्रतिक्रिया