एकतीस करोडको माछो

ढाकाः चीनका एक व्यापारीले बंगलादेशको तटीय सहर चटगाउँबाट ३८ लाख डलर -करिब ३१ करोड रुपियाँ)मा एउटा माछो खरिद गरेका छन् । हङकङका व्यापारीले माछाका लागि यति मोटो रकम खर्चिएका हुन् । तर, माछा खरिदकर्ताले आफ्नो परिचय भने खुलाएका छैनन् । ‘हङकङका एक अज्ञात व्यापारीले ३७ किलो वजन भएको ‘गोल्डेन स्प्यानर’ प्रजातिको माछा खरिद गरेका हुन्,’ माछा बिक्रेताले एएफपीसँग भने । ती बिक्रेताले लिलामीमा उक्त माछो खरिद गरेर चिनियाँ व्यापारीलाई बिक्री गरेका हुन् । बंगालको खाडीमा हरेक वर्ष करिब चारवटा मात्रै स्प्यानर माछा पाइन्छन् । यस्तो माछा ज्यादै स्वादिलो हुन्छ । -एजेन्सी

प्रतिक्रिया