सशस्त्रका महानिरीक्षक वन्त

काठमाडौं, २७ चैत । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षकमा कोशराज वन्तलाई बढुवा गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले वन्तलाई महानिरीक्षकमा बढुवा गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । कार्यबाहक महानिरीक्षकको जिम्मेवारी सम्हालिरहेका वन्तले चैत २९ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
महानिरीक्षकका लागि अतिरिक्त महानिरीक्षक वन्त र ठाकुर मोहन श्रेष्ठबीच प्रतिस्प्रधा थियो ।
यसैवीच सरकारले बिभिन्न जिल्लाका १३ स्थानमा कर सेवा कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ भने सरकारले जापानले उपलब्ध गराउने २४ करोड अनुदान ऋण पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै सञ्चारमन्त्री यादवले पत्रकारहरुको श्रमजीवी पत्रकार ऐन लागूगर्ने बताएका छन् । उनले मोबालाईमा देखिएको गुणस्तरको समस्या पनि सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया