सरकार र दशनामीबीच तीन बुँदे समहति

काठमाडौं, २७ चैत । सरकार र दशनामी सन्यासी राष्ट्रिय संघर्ष समितिबीच तीन बुँदे सहमतिपछि घोषित आन्दोलनका कार्यक्रमहरु स्थगित भएका छन् ।

सिंहदरवारस्थित शान्ति मन्त्रालयमा आज भएको वार्तामा सरकारको वार्ता समिति संयोजक शान्ति मन्त्री सत्य पहाडीसँग भएको दशनामी सन्यासी राष्ट्रिय संघर्ष समितिको वार्तामा सरकारले दशनामीको माग पूरा गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ ।

माग पूरा गर्ने सहमति भएपछि चैत ३० गते आह्वान गरेको आमहडतालका कार्यक्रम फिर्ता लिइएको दशनामी सन्यासी राष्ट्रिय संघष समितिका संयोजक विदुर भारतीले बताए । वार्तामा आपसी सहमतिमा अर्को वार्ताको मिति र स्थान तय गरी मागहरु सम्बोधन गर्ने सहमति भएको छ ।

वार्तामा बिना विभागीय मन्त्री एवं सरकारी वार्ता समिति सदस्य राजलाल यादव, गृहराज्य मन्त्री भीमराज चोधरी राजवंशी तथा संघष समितिका केशर गिरी र जगन्नाथ गिरीलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया