पूर्व स्वकीय सचिव यादव धरौटीमा रिहा

काठमाडौं, २७ चैत । बिशेष अदालतले काठमाडौंमा घुस लिदालिदै पक्राउ परेका वन राज्यमन्त्रीका स्वकीय सचिव नागेन्द्रप्रसाद यादव आज धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

थुनछेक बहस पछि अदालतले यादवलाई पचास हजार धरौटीमा रिहा गर्न आदेश दिएको बिशषद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मुगु जिल्ला शेरी गा.वि.स.का ७७ घर धुरीको जग्गा रारा राष्ट्रिय निकुन्जले अधिग्रहण गरेको हुँदा उक्त जग्गाको मुअब्जाका बिषयमा वन राज्यमन्त्रीका स्वकीय सचिव यादवले पचास हजार घुस लिदालिदै अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले पक्राउ गरेको थियो ।

यादवले घुसको रकम आफूले नलिएको बयान दिएका छन् । उनले उजुरकर्ता खड्ग बहादुर शाहीले फिर्ता गरेको सापटी रकम लिने क्रममा अख्यिारको टोलीले पक्राउ गरेको दाबी गरेका छन् ।

वन राज्यमन्त्रीले भने आफ्ना स्वकीय सचिव यादव भ्रष्टाचार मुद्धामा मुछिएपछि स्वकीय सचिवको जिम्मेवारीबाट यस अघि हटाई सकेका छन् ।

प्रतिक्रिया