सभासद कुटपिट गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, २७ चतै । नेपाली कांग्रेसले सभासद लक्ष्मी परियारलाई कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ ।

कांग्रेसले आज विज्ञप्ती जारी गरेर सभासद परियार उनका भाई सन्दीप टेलरलाई कुटपिट गर्ने रमेश तामाङ सहित सात सात जनाको समूहलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको हो ।

उसले आक्रमणको घटनाबाट नागरिकहरु मुलुक भित्रै सुरक्षित यात्रा गर्न सक्ने अवस्थामा नरहेको जनाएको छ ।

गृह जिल्ला उदयपुरमा हिजो सभासद परियारलाई तामाङ सहितको एक समूहले बगाहको सालघारी आक्रमण गरेको थियो ।

कुटपिटबाट सभासद् परियार र उनको भाईको कम्मर, टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया