दरबारीयासंगको साँठगाँठमा बैद्य समूह

काठमाडौं, २७ चैत । स्थानीय विकासमन्त्री एवं एकीकृत माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायामाझीले जातीयआधारमा संघीयता असंभव रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा रायामाझीले माओवादी जातीयआधारमा संघीयता बनाउने पक्षा नरहेको बताए ।

उनले भने, ‘जातियआधारमा संघीयता बनाए साम्प्रदायिक सद्भाव भड्कन सक्ने खतरा हुन्छ, देशको अखण्डतामा आँचआउन सक्छ ।’

मोहनबिक्रम सिंह, चित्रबहादुर केसी, कमलथापा र आफ्नै पार्टीका उपाध्यक्षमोहन बैद्यको सम्बन्ध पूर्व दरबारीयासंग रहेको रायामाझीले आरोप लगाएका छन् ।

रायमाझीले उनीहरुको कदम दरबारीया, प्रतिक्रान्तिकारी, प्रतिक्रियावादीलाई सहयोग मिल्ने गरी हुने गरेको बताए । उनले पछिल्लो समय बैद्य समूहको सम्बन्ध दरबारियाहरुसंग मेल खाएको बताए ।

प्रतिक्रिया