शान्ति प्रक्रिया समयमा पुरा हुन्छः प्रधानमन्त्री

काठमाडौ, २७ चैत । प्रधानमन्त्री बावुराम भट्टराई र सभामुख सुभावचन्द्र नेम्वाङबीच शान्ति र संविधानका बिषयमा राजनीतिक परामर्श भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुराउने बिषयमा उनीहरुका वीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

शान्ति प्रक्रिया तिब्र गतिमा अगाडि बढीरहेको बताउँदै भट्टराईले भोली र पर्सी बस्ने शीर्ष नेताको बैठकले बाँकी संविधान निर्माणमा देखिएका विवादित विषयलाई टुंगोमा पुरायाउने सभामुखलाई जानकारी गराएका छन् ।

जेठ १४ नजिकिदै गर्दा शान्ति र संविधान निर्माणमा प्रतिगामी तत्वबाट हुन सक्ने षड्यन्त्र तर्फ सचेत भइरहनु पर्नेमा समेत प्रधानमन्त्री भट्टराईले जोड दिए ।

शान्ति प्रक्रियाकै पाटोका रुपमा रहेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्वन्धी आयोगका बारेमा पनि प्रधानमन्त्री र सभामुखवीच छलफल भएको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्वन्धी आयोग गठन बारे सहमतिमै चाँडैनै विधेयक ल्याउने प्रधानमन्त्री भट्टराईले बताए ।

सेना समायोजनको कामपनि कार्यतालिका अनुसारनै तिब्र गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै प्रधानमन्त्री भट्टराईले समायोजनको काम समयमै सकिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया