बन्दका कारण सर्वसाधारणलाई सास्ती

काठमाडौं, २७ चैत । संघीयतको बिरोधमा राष्ट्रिय जनमोर्चा नेपालले आह्वान गरेको बागमती अञ्चल बन्दको प्रभाव राजधानीमा परेको छ ।

बन्दका कारण सार्वजनिक सवारी सधान फाटफुट रुपमा सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । बन्द सफल बनाउन राजमोका कार्यकर्ता बिहानै मुल सडक, बजार, चोकहरुमा उत्रिएका छन् ।

बन्द सफल बनाउन सडकमा उत्रिएका राजमोका केही कार्यकर्तालाई प्रहरीले बिभिन्न स्थानबाट पक्राउ गरेको छ । बन्दको प्रभाव राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरका साथै धादिङ, काभ्रे लगायतका जिल्लामा समेत आंशिक रुपमा परेको छ ।

बन्द अबज्ञा गरेको भन्दै राजमोका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड समेत गरेका छन् ।

समयमा शान्ति र संविधान जारी गर्नु पर्ने तथा संघीयतको बिरोध गर्दै राजमोले आज एक दिन बागमती अञ्चल बन्दको आह्वान गरेको उपाध्यक्ष गोविन्द थापाले जानकारी दिए ।

संघीयतको बिरोधमा बिभिन्न अञ्चल बन्द गरिसकेको राजमोले राज्य पुनर्संरचना गर्दा संघीयता बनाउन नहुने माग गरिरहेको छ । उसले संघीयतले मुलुक टुक्रिने जनाउदै आएको छ ।

प्रतिक्रिया