छोटो बाटोबाट नयाँ संविधान ल्याउने सहमति

काठमाडौं, २७ चैत । नयाँ संविधान जारी गर्ने समय अत्यन्तै थोरै रहेपछि दलहरुले केही प्रक्रियालाई छोट्याएर संविधान बनाउने सहमति कायम गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले संविधान बनाउने तथा जारी गर्ने प्रक्रिया र बिधिलाई छोटो बनाउने सहमति गरेको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए । उनका अनुसार अन्तरिम संविधानमा रहेको धारा ७० को प्रावधानलाई संशोधन गरिने छ ।

संविधान जारी गर्ने समय मुस्किलले ४९ दिन मात्रै बाँकी रहदा प्रक्रिया र संविधान निर्माणका बिषयमा छलफल गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाएका हुन् ।

साना दलहरुले प्रमुख दलहरुलाई छिटो सहमति गरेर नयाँ संविधानका बिवादित बिषय अन्त्य गर्ने तथा शान्ति प्रक्रियाका काम पूर्व सहमति अनुसार छिटो गर्न आग्रह गरेका थिए । प्रक्रिया छोटो बनाउनका लागि धारण ७० संशोधन अनिर्वाय हुन्छ ।

प्रमुख दलहरुको सहमति अनुसार चैत ३० गते भित्र शिविरका लडाकुलाई समायोजनका लागि सरकारको जिम्मा लगाउनुपर्ने छ । सेना समायोजन भएपछि मात्रै नयाँ संविधान जारी गर्नुपर्ने भन्दै एमाओवादीलाई कांग्रेस र एमालेले दबाव दिदै आएका छन् ।

प्रतिक्रिया