कोरियासगको श्रमसम्झौता तीन महिना थपिने

काठमाडौं, २६ चैत । दक्षिण कोरियासग भएको श्रमसम्झौताको अवधि तीन महिना थप हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली कामदार लैजान कोरियासग भएको सम्झौता आगामी १७ अप्रिलदेखि सकिने भएकाले सरकारले तीन महिना अवधि थप गर्न लागेको हो ।
कोरियासग दुई वर्षमा हुने श्रमसम्झौता नवीकरणको समयावधि गत जनवरीमै सकिए पनि नेपालको आग्रहमा तीन महिना थप भएको थियो । कोरियासग भएको श्रमसम्झौतामा यसपटक केही पुनरावलोकन गर्ने तयारी भए पनि तीन महिनामा सम्भव नभएकाले पुनः नवीकरणको समय तीन महिना थप्न लागिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काका अनुसार यसपटक नवीकरण गर्दा कामदारको करार अवधि पाच वर्ष पुर्‍याउने, कामदार संख्या बढाउनेलगायतका प्रावधान सम्झौतामा उल्लेख गर्ने तयारी भइरहेको छ । तर, सम्झौता अवधि सकिएर थप गरिएको समयावधिमा समेत ती विषयमा दुई पक्षीय छलफल नटुंगिएकाले म्याद तीन महिना थप्न लागेको हो । ‘यस अघि थपिएको तीन महिना अवधि अप्रिलमा सकिदै छ,’ उनले भने, ‘श्रमसम्झौता नवीकरणका क्रममा केही पुनरावलोकन हुने भएकाले थप तीन महिना समय वढाउन मन्त्रिपरिषद्बाटै निर्णय हुदैछ ।’
यसका लागि श्रममन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघिबढाएको जनाएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकबाटै कोरियासग श्रमसम्झौताको अवधि तीन महिना थप गर्न आवश्यक हुने मन्त्रालयले जनाएको छ । सम्झौता नवीकरणका क्रममा केही नया“ प्रावधानसमेत राखिने भएकाले कोरिया सरकारका प्रतिनिधिलाई सम्झौताका लागि नेपाल बोलाउने तयारी भइरहेको प्रवक्ता खड्काले बताए ।
दक्षिण कोरिया नेपाली युवाका लागि रोजगारीको गन्तव्य भएकाले पनि अन्य मुलुकसग भन्दा कोरियासगको श्रमसम्झौतालाई महत्वका साथ लिएको मन्त्रालयले जनाएको छ । त्यहा“का सरकारी प्रतिनिधिसमेत नेपाल आउन इच्छुक रहेकाले नेपालको प्रस्तावमा सहमति जुट्ने प्रवक्ता खड्काले जनाए ।
नेपाल र कोरियाबीच पहिलोपटक सन् २००७ मा श्रमसम्झौता भएको थियो । इपिएसअन्तर्गत कोरियन भाषा परीक्षा सञ्चालन गर्ने र उत्तीर्णलाई त्यहा रोजगारी दिने गरी दुई मुलुकबीच सो सम्झौता भएको हो । सोहीअनुसार प्रत्येक दुई वर्षमा सम्झौता नवीकरण हुदै आएको छ । यही सम्झौताअनुसार अहिलेसम्म इपिएसअन्तर्गत नेपालमा तीनपटक कोरियन भाषा परीक्षा भइसकेको छ भने करिब १२ हजार नेपाली युवा रोजगारीका लागि कोरिया गइसकेका छन् ।
सम्झौताअनुसार सन् २००८ मा पहिलोपटक कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेको थियो । यस्तै, सन् ०१० र ०११ मा समेत भाषा परीक्षा भएको थियो । सो परीक्षा उत्तीर्ण गरेका करिब १३ हजार कामदार अहिले कोरिया रोजगारीमा जान रोस्टरमा छन् । कोरियाले नेपाल जस्तै १५ मुलुकस“ग इपएिसअन्तर्गत भाषा परीक्षा सञ्चालन गरी कामदार लिने श्रमसम्झौता गरेको छ । ती मुलुकबाट बर्सेनि ५० हजार कामदार कोरियाले लिदै आएको छ ।

प्रतिक्रिया