चेपाङलाई चामल

चितवन, २६ चैत । भोकमरीको मारमा परेका कोराक–८, धारापानीका चेपाङले खाद्यान्न पाएका छन् ।
सौर्य दैनिकमा १५ चैतमा चेपाङ बस्तीमा चुल्हो बल्न छाडेको खबर प्रकाशनपछि विज्ञापन एजेन्सीहरूले खाद्यान्न संकलन र वितरण गरेका हुन् । काठमाडौंमा क्रियाशील २६ विज्ञापन एजेन्सीले संकलन गरेको राहत शनिबार धारापानीका २८ परिवार चेपाङलाई वितरण गरिएको छ ।
परिवार संख्याका आधारमा प्रतिपरिवार तीनदेखि पाच बोरा चामलसगै पाचकेजी दाल र दुई केजी नुन वितरण गरिएको हो । कि एड्भरटाइजिङ प्रालिका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालले चेपाङ समुदायका भोकमरीमा रहेका व्यक्तिलाई पकेट खर्च कटाएर सहयोग गरिएको बताए । उनले भने, ‘हामी दुःख बाड्न आएका हौ ।’ चेपाङ समुदायका समस्यालाई प्राथमिकताका साथ स्थान दिएकोमा उनले सौर्य दैनिकलाई धन्यवाद दिए । चामल वितरण कार्यक्रममा सौर्य दैनिकका मार्केटिङ म्यानेजर अस्मिन ढकाल र कविराज लम्सालले अगुवाइ गरेका थिए ।
भोकमरीमा छाक टार्न चामल पाएपछि चेपाङवस्तीमा खुसियाली छाएको छ । मानबहादुर चेपाङले भने, ‘अब डेढ महिनाको भोकमरी टर्ने भएको छ ।’ उनको
नौजनाको परिवार छ ।
चेपाङ परिवारलाई कि एड्भरजाइजिङ सर्भिसेज प्रालि, मिडिया सोलुसन प्रालि, एड एक्सप्रेस प्रालि, सिडिसी गु्रप प्रालि, एनसी एड्भरटाइजिङ प्रालिले राहत दिएका हुन् । यस्तै, एसपी मिडिया प्रालि, भेराइटिज कन्सल्टिङ नेटवर्क प्रालि, एडबक्स प्रालि, सञ्जीवनी मिडिया प्रालि, रेड पान्डा एड्लिंक प्रालि, कलश एड्भरटाइजिङ सर्भिसेज प्रालिले पनि संयुक्तरूपमा खाद्यान्न संकलन गरेका थिए । यस्तै, मल्टिनेसनल एड्भरटाइजर, म्याक्स मिडिया प्रालि, नवयुग मिडिया सोलुसन प्रालि, एडमिडिया प्रालि, एएनएस क्रियसन प्रालि, काठमाडौं मिडिया प्रालि, मिडिया मुभमेन्ट प्रालि, मिडिया हब प्रालि, ङ्खलोरिड एड्भरजाइजिङ प्रालि, एन मल्टिनेसनल मिडिया, मिडिया ग्यालरी प्रालि, रिलेटिभ एड्भरटाइजिङ प्रालि, प्रिजमार्क एड प्रालि, अभिनवन मिडिया प्रालि र इको एड्भरटाइजिङ प्रालिले राहत संकलनमा साथ दिएका थिए ।

प्रतिक्रिया