एकान्त खोज्दै शीर्ष नेताको टोली काठमाडौं बाहिर जाने

काठमाडौं, २६ चैत । नयाँ संविधान निर्माणको समय सीमा नजिकिएका बेला प्रमुख दलका शीर्ष नेताहरु सहमति खोज्न हेलिकोप्टर चढेर काठमाडौंबाहिर जाने भएका छन् । बाहिर जाने विषयमा नेताहरुबीच एक चरण छलफलसमेत भईसकेको छ ।
शान्त र एकान्त ठाउँमा छलफल गर्दा सहमतिमा पुग्न सकिने निष्कर्ष नेताहरुले निकालेका छन् । काठमाडौंमा छलफल गर्दा मिडियाले पछ्याउने र सहमति हुन लागेका कुरा ठोस नहुदै बाहिर आउदा भाडिने उनीहरूको ठम्याइ रहेको स्रोतले बतायो । उपत्यकाबाहिर दुई दिन छलफल गरेर राज्य पुनर्संरचनाबाहेकका विषयमा सहमतिमा पुग्ने योजना दलहरूको छ ।
स्रोतका अनुसार नेताहरूलाई उपत्यकाबाहिर लैजान र ल्याउन सरकारले नै हेलिकोप्टरको प्रबन्ध गर्नेछ । उनीहरूको खानपान र बसोवास पनि सरकारी खर्चमै हुनेछ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शीर्ष नेताहरूसमक्ष ‘त्यसको प्रबन्ध म मिलाउछु’ भनेको स्रोतले जनायो ।
माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच केही दिनअघि उपत्यकाबाहिर गएर छलफल गर्ने विषयमा कुराकानी भएको थियो । छलफलमा सहभागी एक नेताका अनुसार जान सकिने सम्भावित ठाउ“को बारेमा पनि छलफल भएको छ । बर्दियाको बबई उपत्यका, चितवन राष्ट्रिय निकुञ्ज, अरुण उपत्यका, लुक्ला र मुस्ताङ उपयुक्त ठाउ हुन सक्ने धारणा नेताहरूले छलफलका क्रममा राखेका थिए । ‘केही नेताले भने धेरै टाढा जादा नकारात्मक सन्देश जानेतर्फ पनि सचेत गराएका थिए,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री भट्टराई शीर्ष नेताहरूलाई मंगलबार र बुधबार दुई दिन लुक्ला लगेर छलफल गराउने सोचमा छन् । तर, प्रधानमन्त्री कार्यालय स्रोतले ठाउको अन्तिम टुंगो लागिनसकेको दाबी गरेको छ । ‘अलिकति गम्भीर ढंगले एकान्तमा छलफल गर्नुपर्छ भन्ने कुरा त भइरहेको छ तर ठाउको टुंगो लागिसकेको छैन,’ प्रधानमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले भने ।
ती सदस्यका अनुसार सेना समायोजनबारे दलहरूबीच भइरहेको छलफल कुन ढंगले अगाडि बढ्छ त्यहीअनुसार नेताहरू बाहिर जाने कार्यक्रम एक दुई दिन लम्बिन पनि सक्छ । ‘धेरै टाढा नगएर उपत्यका आसपासमै पनि हुन सक्छ,’ उनले भने ।
एक कांग्रेस नेताका अनुसार आइतबार साझसम्म शीर्ष नेताहरूको छलफल लुक्लामै गर्ने तयारी भएको छ । त्यसैका लागि एक सातादेखि उपत्यकाबाहिर रहेका कांग्रेस सभापति सुशील कोइराला सोमबार दिउसो काठमाडौं आउदै छन् । ‘अहिलेसम्म लुक्ला नै जाने कुरा छ । भोलि ठाउ परिवर्तन भए थाहा छैन,’ ती नेताले भने ।
शान्ति र संविधानका लागि दबाब दिन गठन भएको युवा सभासद्हरूको टोलीसित केही दिनअघि भएको भेटमा पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि उपत्यकाबाहिर गएर सहमतिका लागि छलफल गर्ने बताएका थिए । ‘प्राकृतिक सौन्दर्यले भरिपूर्ण शान्त र एकान्त ठाउमा गएर चाडै छलफल गर्छौं,’ भेटमा सहभागी एक युवा सभासद्ले नेता नेपालको भनाइ उद्धृत गर्दै सौर्यसग भने । नेपालले त्यस्तो भन्दा सगै रहेका

प्रतिक्रिया