‘३० गतेदेखि लडाकु सशस्त्र र सेनालाई’

काठमाडौं, २६ चैत । माओवादी लडाकुको रेखदेख समायोजन र पुनस्थापना सम्बन्धी बिशेष समितिले चैत ३० गते भित्र लडाकु सहितका शिविर नेपाली सेना र सशस्त्र प्रहरीको जिम्मेवारी लगाउने निष्कर्षमा पगेको छ ।

समितिको आज काठमाडौंमा बसेको बैठकले चैत ३० गते मध्य रातिसम्म भएपनि सेना र सशस्त्र प्रहरीको जिम्मा लगाउने कांग्रेस नेता तथा समिति सदस्य रामशरण महतले जानकारी दिए ।

बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै महतले ३ वटा शिविर सशस्त्र प्रहरी र १२ वटा शिविर नेपाली सेनाको जिम्मा लगाईने बताए ।

माओवादी नेता तथा समिति सदस्य बर्षमान पुनले पनि भोलि सोमबार प्रधानमन्त्रीले लडाकुका कमाण्डरहरुसँग छलफल गर्ने समय माग गरेपछि लडाकुको दर्जा, महानिर्देशनालय, तालिम र छनौट प्रक्रियाका बिषयमा टुङगो पर्सी मंगलबार बस्ने बैठकले लगाउने बताए ।

प्रतिक्रिया