‘२ बालिकालाई जवरजस्ती करणी’

सुर्खेत, २६ चैत । सुर्खेत जिल्लाको मैनतडामा दुई बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जना युवालाई नियन्त्रणमा लिएको छ ।

मैनतडा–५ बस्ने बस्याल थरकी १२ वर्षीया र अर्की बि.क. थरकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर भाग्न लागेका स्थानीय १८ वर्षीय राजेश बि.क. र २१ वर्षीय दीपक बि.क.लाई पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
चैत २४ गते खेतमा गएको अवस्थामा अपरिचित २ ३ जना व्यक्तिहरुले दुई बालिकालाई ललाई फकाई जंगलतिर लगेर जबरजस्ती करणी गरेका थिए । करण गर्नेमा दीपक र राजेशपनि रहेका थिए ।

वेहोस बनाई छाडेकोमा स्थानीयबासीले ती दुई बालिकालाई फेला पारी स्थानीय मेडिकलमा उपचार गराएका छन् ।

उनीहरुको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न राजेश र दीपक जाजरकोटतर्फ भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया