शिविरभित्रै लडाकुको नारावाजी

विराटनगर, २६ चैत । मोरङको टाँडीस्थित रन्तसकुन्तल स्मृती विग्रेडमा रहेका माओवादी लडाकुले शिविरभित्र नारावाजी गरेका छन् ।

सम्मानजनक समायोजन गर्नुपर्ने भन्दै असन्तुष्ट लडाकुको समूहले शिविरभित्रै गएराति एक घण्टा नारावाजी गरेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

दर्जा अनुसारको तह मिलान गर, जनमुक्त्ति सेनाको सहि मूल्यांङकन गर, कोषकट्टिको हिसावकिताव पारदर्शी गर भन्दै उनीहरुले नारावाजी गरेका थिए ।

सेना समायोजन विशेष समिति सचिवालयको टोली सहितको वैठकका निर्णय र छलफलप्रति चित्त नवुझेको भन्दै झण्डै १ सय ५० लडाकुहरुले शिविरभित्रै नारावाजी गरेका हुन् ।

टाँडीमा रहेको व्रिगेडमा मोरङ याङशीलाको छिन्ताङ सुखानी स्मृती विग्रेडवाट सारिएका लडाकुहरु समेत छन् ।

प्रतिक्रिया