भोलिदेखि मैथिली नाट्य महोत्सव

जनकपुर : जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली नाट्य महोत्सव-२०६८ हुने भएको छ । भोलि सोमबारदेखि सुरु हुने महोत्सव युवा नाट्यकला परिषद्, परबाहाको आयोजनामा हुन लागेको हो ।
परिषद्ले हालै जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव आगामी १ वैशाखसम्म चल्ने जानकारी गरायो । परिषद्का सदस्यसचिव विनोद मिश्रले महोत्सवमा एक दर्जन नाट्य संस्थाले  प्रस्तुति गर्ने बताए । नेपाल तथा भारतका एक दर्जन नाट्य संस्था सहभागी हुने र विदेशी नाट्य संस्थालाई पनि महोत्सवमा सहभागी गराइने प्रयास भइरहेको बताउँदै मिश्रले यसका लागि करिब चौध लाख रुपियाँ खर्च हुने र त्यसमध्ये ५० प्रतिशत रकम जम्मा भइसकेको जानकारी गराए ।

प्रतिक्रिया