करछलीमा तारे होटल

व्यवसाय बन्द गर्न सकिन्छ

दिनेश थपलिया, स्थानीय विकास मन्त्रालय

स्थानीय स्वायत्त शासन ऐन–२०५५ आइसकेपछि स्पष्ट रूपमा तारे होटेलले व्यवसाय कर र घरजग्गा कर भनेर तिर्नुपर्ने व्यवस्था गरेको छ । तर अधिकांश होटल व्यवसायीले घरजग्गा कर नतिरहेको देखिन्छ । विगतमा पनि यस्तो प्रवृत्ति थियो र अहिले पनि यसले निरन्तरता पाइरहेको छ । समग्रमा महानगरपालिकाले यस्तो करको ४० प्रतिशत हिस्सा पनि असुल गर्न नसकिरहेको अवस्था छ । काठमाडौंमा रहेका अधिकांश तारे होटलहरूले घरजग्गा कर नतिरेको पाइएकाले महानगरपालिकाले असुलउपर गर्नका लागि कडाइका साथ पहल गर्नुपर्छ । कर तिर्न नमान्ने, अटेरी गर्ने व्यापारी÷व्यवसायलाई कारबाहीस्वरूप महानगरपालिकाले दण्डजरिवाना र व्यवसाय बन्द गर्न सक्नेसम्म कानुनी अधिकार प्राप्त गरेको छ । तसर्थ, महानगरपालिकाले कि त ती तारे होटेलबाट व्यवसाय कर र घरजग्गा कर असुलउपर गर्न सक्नुपर्‍यो । होइन भने दण्डजरिवाना गर्नका लागि कदम चाल्नुपर्‍यो । यो बाहेक अन्य विकल्प महानगरपालिकासग छैन ।

ऐनमै विरोधाभास

श्यामसुन्रलाल कक्षपति,

अध्यक्ष, होटेल एसोससियसन अफ नेपाल

महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर सबै होटलहरूले विगतदेखि नै तिर्दै आइरहेका छन् । यस विषयमा कुनै विवाद गरिरहनु आवश्यक छैन । तर होटेलहरूले घरजग्गा कर भनेर अलग्गै कर महानगरपालिकालाई तिरिरहनु पर्दैन । धेरै पहिले घरजग्गा कर पनि तिर्नुपर्छ भन्ने बारेमा महानगरपालिकाले हामीसग कुरा गरेको थियो । पछि त्यसबारेमा हामीहरूले छलफल गरेर व्यवसाय कर मात्रै तिर्ने कुरा गरेका थियौ । सुरुदेखि नै हामीले महानगरपालिकालाई व्यवसाय कर मात्रै तिर्दै आइरहेका छौ । त्यसैले अहिलेसम्म यो विषय यत्तिकै रहेको हो । अहिलेको स्थानीय स्वायत्त शासन ऐन–२०५५ मा व्यवसाय कर र घरजग्गा करका सम्बन्धमा केही विवादित व्यवस्था उल्लेख गरिएका छन् । यसकै कारण यसबारेमा अहिले केही समस्या देखापरेका हुन् । सामान्य पसलहरूले घरजग्गा कर भनेर तिर्नुपर्छ । तर, होटल भनेको सुत्ने कोठा हुन्छन्, हेल्थ क्लब हुन्छ, स्विमिङ पुल हुन्छ, यी सबैको अलग अलग कर त तिर्नु पर्दैन ।

प्रतिक्रिया