सरकारको राजीनामा माग्छौः सचिव पोखरेल

पोखरा २५ चैत । एमालेका सचिव शंकर पोखरेलले बाबुराम भटटराई नेतत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेका छन् ।

पोराखमा आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भट्टराईसंग पहिले धेरै आशा र विश्वास गरेको तर अहिले जनतामा निराशामा आईसकेको बताए ।

राष्ट्रिय सरकारको खाँचो भइसकेको बताएका सचिव पोखरेलले चैत महिना भित्र सेना समायोजनले पूर्णता नपाए एमालेले नै सरकारको राजीनामा माग्ने चेतावनी दिए ।

संघीयताको बिषय जटिल भएको टिप्पणी गरेका पोखरेलले संघीयता प्रमुख दलहरु मिलेर राजनीतिक सहमतिमा टुङगाउने बताए । (सौस)

प्रतिक्रिया