राजा वीरेन्द्रले भने–‘यो देशमा खेलाडीको वास्ता हुँदैन’

अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेशको २२ वर्षपछि सन् १९७० मा जितबहादुर केसीले एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा कास्य पदक जितेर नेपालको पदकविहीन अन्तर्राष्ट्रिय यात्रालाई टुंग्याए । केसीले सुरु गरेको विजय यात्रालाई वैकुण्ठ मानन्धरले पाकिस्तानमा भएको च्याम्पियनसिपमा स्वर्ण पदक जितेर अझ बलियो बनाए । आफ्नो म्याराथुन यात्राबारे मानन्धरको स्मृतिः
राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहाले पहिलो दक्षिण एसियाली महासंघ (साफ) च्याम्पियनसिपलाई खुबै महत्व दिए । उनले तयारीलाई सशक्त बनाउन कुनै कसर बा“की राखेनन् । समयमै प्रशिक्षण सुरु भएको थियो । त्यसअघिको ओलम्पिक तथा एसियन गेम्समा भाग लिएकाले मैले धेरै कुरा सिकेको थिए । त्यसमा पनि गुरुहरूबाट मैले धेरै कुरा सिक्ने मौका पाए । प्रशिक्षणमा बस्ने खेलाडीलाई दैनिक पाच रुपिया दिएको थियो । मलाई त्यसको लोभ थियो । किनभने, मेरो आर्थिक अवस्था उति राम्रो थिएन, त्यो पा“च रुपियाले ठूलो महत्वव राख्थ्यो, मेरो जीवनमा । पाकिस्तानमा २ घन्टा २१ मिनेटमा दौड पूरा गरेकाले धेरैले मलाई स्वर्णको दाबेदारका रूपमा हेरेका थिए ।
नेपालमै आयोजना भएको र राजा वीरेन्द्रको पनि उपस्थिति रहेकाले ठूलो हौसला मिलेको थियो । स्वर्ण जितेपछि राजा वीरेन्द्रले हौसला बढाए । पहिलोमा जस्तै दोस्रो साफ च्याम्पियनसिपमा पनि स्वर्ण जित्नेमा म ढुक्क थिए । विराटनगरमा बन्द प्रशिक्षण हुने भयो । सुरुवातमा म बन्द प्रशिक्षणमा बसिन । तर, अचानक क्लोज क्याम्पमा नबस्नेलाई सहभागी हुन नदिने भनियो । त्यसपछि रातभरको बस यात्रा गरेर भोलिपल्ट हुने छनोट खेलका लागि विराटनगर पुगेको थिए । त्यसमा म पहिलो भए ।
बन्द प्रशिक्षणमा बसेकाहरू मेरा सामु नतमस्तक भए । दोस्रो साफमा पनि म स्वर्णको निर्विकल्प झै भए । मलाई समय सुधार गर्नुपर्ने थियो । यसअघि ओलम्पिकमा मैले २ घन्टा २१ मिनेटको समय निकालेको भए पनि पहिलो साफमा भने त्यसभन्दा करिब ६ मिनेट ढिलो गरी पूरा गरेको थिए । तर, मैले व्यक्तिगत कीर्तिमानी समय निकाल्न नसके पनि २ घन्टा २१ मिनेटमै दूरी पूरा गरी पहिलो भए । त्यतिबेला त्यहा कसले कति पदक जित्यो भनेर वास्ता भएन ।
नेपाल आएपछि पो थाहा भयो, ‘दोस्रो साफमा स्वर्ण जित्ने म एक्लो नेपाली खेलाडी परेछु ।’ त्यसपछि राजा वीरेन्द्रले बोलाउनुभयो । राजाले जोसुकैलाई बोलाउदैनथे त्यतिबेला । त्यसैले केही दिनकै लागि राजाले बोलाएका हुन् भनेर साथीहरूले भने । मलाई धेरै माग्न उनीहरूको सुझाब थियो । म दरबार गए । अरूले जस्तै निहुरिएर राजा वीरेन्द्रलाई ढोगे र त्यही“ बसे । तर, राजाले आएर मलाई उठाउदै आपूmनिरको कुर्सीमा बसाउनुभयो । त्यसपछि मलाई बधाई दिदै भन्नुभयो, ‘यो देशमा खेलाडीले खेल्दा मात्र स्याबासी पाउछ त्यसपछि वास्ता हुदैन ।’ सायद उहाले मैले केही माग्छु भन्ने आशय राख्नुभएको थियो होला । तर, मैले केही भनिन । त्यसपछि उहाले ‘नेपालको खेलकुदमा के गर्नुपर्छ’ भन्नुभयो । यसअघि म नेपालका तराईदेखि विकट पहाडी जिल्लासम्म पुगेको थिएँ । त्यहा“ खेलाडीको असाध्य दुःख देखेको थिए । त्यहाको दुःखले काठमाडौंमा मैले पाएको सारा दुःखलाई ओझेलमा पारिदिएको थियो । त्यसैले मैले जिल्लामा सरकारले केही गर्नुपर्छ भने“ । यसोभन्दा राजा वीरेन्द्र मुसुमुसु हास्नुभयो । त्यस क्रममा वीरेन्द्रले धीरेन्द्रलाई खेलाडीका बारेमा राम्रो गर्न भने । त्यसपछि म त्यहाबाट फर्किए ।
मलाई राजाले हेटौंडामा बोलाउनुभयो । मलाई त युवा पुरस्कारबाट सम्मान गरिदै रहेछ । पछि थाहा भयो– युवा पुरस्कारका लागि दिइएको सूचीमा मेरो नाम थिएन रे ! मेरो नाम पुरस्कृत हुनेको सूचीमा नभेटेपछि वीरेन्द्रले ठाडो आदेशमा मेरो नाम राख्न लगाउनुभएछ । यो कुरा दरबारमै काम गर्नेहरूले पछि मलाई जानकारी गराएका हुन् । तेस्रो साफका लागि तयारी अझ राम्रो भयो । हामीलाई प्रशिक्षण दिन तीन महिनाका लागि विदेशबाट प्रशिक्षक झिकाइएको थियो । बन्द प्रशिक्षणभित्रको सेवासुविधाका कारण यसपटक भने आङ्खनो परम्परा तोडे र बन्द प्रशिक्षणमा बसे । यस बेलादेखि खेलाडीका लागि खानाको सन्तुलन कत्ति हुन्छ भन्ने बुझे । ह्याट्रिकको चुनौती भएका कारण पनि तुलानात्मक रूपमा अघिल्ला दुई संस्करणको तुलनामा म यसपटक ‘सिरियस’ थिए ।
कलकत्तामा हुन गइरहेको तेस्रो साफ तीन वर्षपछि हुदै थियो । सबैको ध्यान मप्रति केन्द्रित भएजस्तो लाग्थ्यो । अघिल्ला दुवै संस्करणमा स्वर्ण जितेकाले म लगातार स्वर्ण जितेर ह्याट्रिक गर्ने पहिलो दक्षिण एसियाली खेलाडी हुदै थिए । प्रतियोगितामा श्रीलंकन खेलाडी मेरा लागि कठिन चुनौती दिनसक्ने प्रतिद्वन्द्वीका रूपमा लिएको थिए । अन्ततः श्रीलंकाकै खेलाडीसग अन्तिम समयसम्म मेरो प्रतिस्पर्धा भयो । तर, पनि म पहिलो भए, पूर्वानुमानजस्तै । २ घन्टा १५ मिनेटको व्यक्तिगत सर्वाधिक छिटो समय निकालेर मैले स्वर्ण जितेको थिए । नेपाल फर्किएपछि सरकारले एक लाख रुपिया“ दिने निर्णय गर्‍यो । म मात्र होइन, स्वर्ण जित्ने सबै खेलाडीले एक एक लाख रुपिया पुरस्कारस्वरूप प्राप्त गरे । यो पैसाले मेरो जीवनशैली नै परिवर्तन गर्‍यो । कलंकीमा जग्गा किने र घर बनाए ।

प्रस्तुतिः लोकेन्द्र प्रसाईं

प्रतिक्रिया